अफगानिस्तानको विमानस्थलमा अमेरिकी सेनाले चलायो गोली-Sutra News

अफगानिस्तानको विमानस्थलमा अमेरिकी सेनाले चलायो गोली

सोमबार, ३२ साउन २०७८

सोमबार, ३२ साउन २०७८

अफगानिस्तानको काबुलस्थित रहेको विमानस्थलमा अमेरिकी सेनाले सोमबार गोली चलाएको छ ।



देश छाड्ने क्रममा मानिसहरुको भीड बढ्न थालेपछि अमेरिकी सेनाले गोली चलाउनुपरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बीबीसीका अनुसार जहाज चढ्न खोज्ने सर्वसाधारणको भीड रोक्नका लागि अमेरिकी सेनाले हवाइ फायर गरेको हो ।

अफगानिस्तान तालिबानको कब्जामा परेपछि मानिसहरु देश छाड्न बाध्य छन् ।

गोली चलाउँदा त्यहाँका मानिसहरु थप आतंकित भएको बताइएको छ ।

विमानस्थलमा गोली चलेसँगै सैन्य उडानबाहेकका सबै उडान रद्द गरिएको छ । अहिले विमानस्थललाई अमेरिकी सेनाले सुरक्षा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट