चोरी गर्न जाँदा रेलिङमा टाउको अड्केपछि जे भयो !-Sutra News

चोरी गर्न जाँदा रेलिङमा टाउको अड्केपछि जे भयो !

सोमबार, ३२ साउन २०७८

सोमबार, ३२ साउन २०७८

मेक्सिकोमा चोरीको अनौठो घटना सार्वजनिक भएको छ । 



एउटा घरमा चोर्न गएको चोर भित्र जाँदै गर्दा उसको शिर रेलिङमा फसेको थियो । तीन घन्टासम्म चोर रेलिङमै अड्किएको थियो । 

रेलिङबाट निस्कनका लागि उसले धेरै बेर कोशिश गरेको भए पनि सकेन । वरपरका मानिसले उसको गतिविधि देखेपछि प्रहरीलाई खबर गरे । प्रहरीले फलाम काट्ने औजार ल्याएर रेलिङ काटेको थियो । 

उसको एक हात र टाउको रेलिङमा नराम्ररी फसेको थियो । शरीर तुर्लुंग झुण्डिएको थियो । प्रहरीले रेलिङबाट निकालेर चोरलाई हत्कडी लगाएको थियो ।  एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट