काबुलबाट भागेका राष्ट्रपति गनी कहाँ गए?-Sutra News

काबुलबाट भागेका राष्ट्रपति गनी कहाँ गए?

सोमबार, ३२ साउन २०७८

सोमबार, ३२ साउन २०७८

अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण कायम गरेपछि तालिबानले “लडाइँ सकिएको” दाबी गरेको छ।



काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पश्चिमी शक्तिराष्ट्रका दूतावासका कर्मचारी र नागरिकहरू आफ्नो देश फर्किन आतुर अवस्थामा बसेका खबरहरू आएका छन्।

अमेरिकाले त्यहाँ कुल ६,००० सेना पठाउँदै छ। तीमध्ये आधाभन्दा बढी काबुल पुगिसकेका छन्। काबुलबाट कैयौँ मानिसहरू घर छाडेर भागिरहेको खबर आएको अफगान राष्ट्रपति पनि आइतवार विदेश पलायन भएका छन्।

देश छाडेपछि अफगान राष्ट्रपति अशरफ गनी कहाँ गए भन्ने चासो सर्वत्र देखिएको छ। अफगान उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि काबुल छाडेको बताइएको छ।

सुरुमा राष्ट्रपति गनी भागेर ताजिकिस्तान गएको बताइएको थियो। तर पछि अल जजिरा टेलिभिजनले उनी उज्बेकिस्तानको राजधानी तासकन्द पुगेको समाचार प्रसारित गर्‍यो।

अल जजिराका अनुसार राष्ट्रपति गनी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार तासकन्द पुगेका हुन्। अल जजिराले राष्ट्रपतिका निजी सुरक्षा गार्डलाई उद्धृत गर्दै यस्तो समाचार दिए पनि त्यसको स्वतन्त्र पुष्टि भएको छैन। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट