अफगानिस्तानमा रहेका नेपालीको उद्धारमा सरकारले के गर्दैछ ?-Sutra News

अफगानिस्तानमा रहेका नेपालीको उद्धारमा सरकारले के गर्दैछ ?

सोमबार, ३२ साउन २०७८

सोमबार, ३२ साउन २०७८

नेपालीको सकुुशल शीघ्र उद्धार गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मन्त्रिपरिषद्कोे बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो जनाउँदै त्यहाँ रहेका नेपालीलाई तत्काल उद्धारको पहल गर्ने निर्णय गरेको हो ।



बैठकले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक ढङ्गले काम गर्न निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीलाई जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज सामाजिक सञ्जालमार्फत  अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र आवश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको जानकारी दिएका छन् ।

उनले सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको भन्दै सजकता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउने विश्वास दिलाएका छन् ।

अफगानिस्तानको विकसित घटनाका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाई उनीहरुको उद्धार गर्न सरकारले शनिबार एक कार्यदल गठन गरेर काम अघि बढाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट