शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या १३ सय पुग्यो-Sutra News

शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या १३ सय पुग्यो

सोमबार, ३२ साउन २०७८

सोमबार, ३२ साउन २०७८

हैटीमा गएको शक्तिशाली भुकम्पमा परी ज्यान गुमाउनेको संख्या एक हजार २ सय ९७ पुगेको छ ।



हाइटीको राजधानी पोर्ट-औ-प्रिन्सबाट ७.५ माइल पश्चिममा रहेको पेटिट ट्रो डे निपेस शहरबाट पाँच किलोमिटर टाढाको ठूलो भूकम्पको धक्का महशुस भएको थियो ।

भूकम्पको धक्का महशुस भएपछि घर तथा भवनहरु भत्किने डरले मानिसहरु ठाउँ सर्न बाध्य रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

हाइटीमा यसअघि पनि शक्तिशाली भूकम्प गएको थियो । सन् २०१० मा गएको भूकम्पमा परेर कम्तीमा पनि ३ लाख मानिसहरुले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट