युट्युबबाटै अर्बपति बने यी ९ बर्षीय बालक-Sutra News

युट्युबबाटै अर्बपति बने यी ९ बर्षीय बालक

सोमबार, ३२ साउन २०७८

सोमबार, ३२ साउन २०७८

आजकल इन्टरनेटको माध्यमका कारण संसार सहज बन्दै गएको छ । डिजिटल मिडियाले विश्वलाई पछिल्लो केही वर्षमा निकै प्रभावित गरेको छ । मानिसहरु यसलाई प्रयोग गरेर धेरै पैसा कमाउन सफल भएका छन् ।



यसको ताजा उदाहरण हो एक ९ वर्षीय बालक । युट्युबबाट २०२० सबैभन्दा धेरै कमाइ यनी बालकले गरेका छन् । 

उनी २०२० मा युट्युबबाट करिब २९.५ मिलियन डलर कमाइ गर्न सफल भएका छन् । यसका साथै विश्व ब्रान्डेट टोय क्लोथिङमार्फत यी बालकले दुई सय मिलियन डलर कमाई गरेका छन् । रायनले हालै निकलोडियनका साथ आफ्नो छुट्टै टिभी सिरिजमा पनि हस्ताक्षर गरेका छन् । 

रायनको सबैभन्दा लोकप्रिय भिडियो ह्युज एग्स सरप्राइज टोय च्यालेन्सको ३ बिलियनभन्दा धेरै भ्यूज छ । यो भिडियो युट्युब इतिहासकै ६० सबैभन्दा धेरै हेरिएको भिडियोमा दर्ता भएको छ । 

रायनले २०१५ देखि भिडियो बनाउन शुरु गरेका थिए । उनलाई यो आइडिया त्यतिबेला आएको थियो, जतिबेला खेलौनाबारे बनाइएको रिभ्यू भिडियो हेर्ने गर्थे ।  रायनको भिडियो रिभ्यू गर्ने तरिका मानिसहरुले निकै मन पराएका छन् । उनका प्रशंसक पनि निकै बढेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट