काँग्रेसमा देउवाको एकलौटी, पौडेल पक्ष चुपचाप  -Sutra News

काँग्रेसमा देउवाको एकलौटी, पौडेल पक्ष चुपचाप  

सोमबार, ३२ साउन २०७८

सोमबार, ३२ साउन २०७८

सत्तारुढ दल नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले झन्डै एक महिना बित्न लाग्दा पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । प्रधानमन्त्रीको हैसियतले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् भने सभापतिको हैसियतले महाधिवेशन पनि समयमा नै गर्न सकेनन् । 



महिना बित्दा पनि मन्त्रिपरिषद विस्तार गर्न नसक्नु तथा तोकिएको समयमा नै महाधिवेशन गर्न नसक्नुले देउवाको असक्षमतालाई प्रष्ट पारेको छ । 

 काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समयमा नै महाधिवेशन गर्न नसके देउवालाई आगामी भदौ २३ पछि सभापति मान्न नसकिने बताएका थिए । गत साउन २१ गते आफू पक्षीय नेताहरुको भेलामा उनले तोकिएको समयमा नै महाधिवेशन नभए काँग्रेसको वैधानिकता पनि सकिने तथा देउवालाई सभापति मान्न नसकिने बताएका थिए । 

तर देउवाले महाधिवेशनको मिति सार्दा पनि पौडेल पक्षले केही बोल्न सकेको छैन । 

महाधिवेशन सर्यो भने त्यस्तो चेतावनी दिएको पौडेल पक्ष अहिले चुपचाप बसिरहेको छ । 

हिजो बसेको पौडेल पक्षको जिल्ला सभापतिहरुको भेलामा भने पौडेललाई सभापतिहरुले निर्वाचन तालिका किन स्वीकार गरेको भनेर प्रश्नसमेत गरेका थिए । 

त्यतिबेला पौडेल त्यतिबेला मौन रहे . तोकिएको समयमा नै महाधिवेशन हुन सकेन भने देउवालाई सभापति नमान्ने भनेर चेतावनी दिइसकेका पौडेल अहिलेसम्म नबोल्दा कार्यकर्ताहरुले यसलाई गम्भीर रुपमा नै हेरेका छन् । 

पौडेलनिकट एक नेताले भने,’देउवाको निर्णयमा पौडेलले सहजै स्वीकार गर्नाले प्रश्नचिन्ह उठेको छ यसले आगामी दिनहरुमा घाटा हुन सक्छ । ‘ सरकारको नेतृत्व पाएका देउवाले पार्टीलाई समय नदिएको कारण महाधिवेशन समयमा हुन् नसकेको कतिपय नेताहरुको विश्लेषण रहेको छ । 

पछिल्लो समय पौडेल र देउवाको कनेक्सन खासै राम्रो छैन । 

एउटा पार्टी भएर पनि केही विचारहरूमा मतभेद भएका कारण देउवालाई पार्टीभित्रैबाट असहज भएको हो कि भन्ने पनि एकथरीको बुझाई छ । 

देउवाले महाधिवेशन सर्छ भन्ने मानसिकता पहिल्यै बनाइसकेका थिए । 

उनले समयमा नै महाधिवेशन हुन्न भनेर भन्नका लागि उपयुक्त समय नै पाएका थिएनन् । त्यो कुरा सार्वजनिक गर्न उनले धेरैपटक आफू पक्षीय नेताहरुको बैठक तथा पदाधिकारी बैठक बोलाएका थिए । 

तर उनलाई यो कुरा सार्वजनिक गर्न साइत जुरेन वा अरु केही भयो ।

यसबाट देउवा मात्र असक्षम भएका हैनन् । यो सिंगो नेतृत्व असक्षम भएको उदाहरण हो । 

यस्तो लोकतन्त्रविरोधी गतिविधिहरुले काँग्रेसको आगामी पुस्ताहरुलाई पक्कै असर पार्नेछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट