काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा आफूलाई नियुक्त गर्न माग गर्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।
केही दिनअगाडी प्राधिकरणमा नियुक्त भएका कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर शाक्यले रिट दायर गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गरिएको थियो ।
घिसिङले बुधबारै नियुक्तिपत्र बुझेका थिए । उनलाई मन्त्रिपरिषद बैठकले चार वर्षका लागि नियुक्त गरेको थियो ।