अफगानिस्तान आतंक- काबुलबाट उडेको विमानबाट २ मानिस खसे [भिडियोसहित]-Sutra News

अफगानिस्तान आतंक- काबुलबाट उडेको विमानबाट २ मानिस खसे [भिडियोसहित]

सोमबार, ३२ साउन २०७८

सोमबार, ३२ साउन २०७८

अफगानिस्तानको राजधानी काबुलमा तालिवानले कब्जा जमाउन खोजेपछि त्यहाँका मानिसहरु बाहिरिएका छन् ।



काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा विमान चढ्न मानिसहरुको ठुलो भीड रहेको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार काबुलबाट उडेको विमानबाट २ मानिस खसेका छन् ।

यसअघि नै राष्ट्रपतिले देश छाडेका छन् ।

अहिले विद्रोही तालिबान समूहले अफगानिस्तानमा युद्ध सकिएको घोषणा गरेको छ । उनीहरूले राष्ट्रपति कार्यालयमा प्रवेश गरेपछि युद्ध सकिएको घोषणा गरेका हुन् ।

अलजजिरा न्यूज नेटवर्कको एक भिडियोमा तालिबान लडाकुहरुको ठूलो समूह राष्ट्रपति भवनभित्र देखिन्छ । अर्को फोटोमा उनीहरु हतियारसहित राष्ट्रपति बस्ने कुर्सिमा बसेको देखिन्छ ।

तालिबानका एक प्रवक्ताले अलजजिरासँग भनेका छन्, ‘अफगानिस्तानमा युद्ध सकिएको छ । हाम्रो देशको मुक्ति र हाम्रा जनताको स्वतन्त्रता हामीले प्राप्त गरेका छौं ।’

विद्रोहमार्फत २० वर्षपछि पुनः सत्तामा पुगेको तालिबानले आज ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट