गुँला पर्वको अवसरमा सोमबार पाटनमा पञ्चदान-Sutra News

गुँला पर्वको अवसरमा सोमबार पाटनमा पञ्चदान

सोमबार, ३२ साउन २०७८

सोमबार, ३२ साउन २०७८

काठमाडौं- गुँला पर्वको अवसरमा सोमबार पाटनमा पञ्चदान मनाइएको छ । कोरोना भाइरसको जोखिमका कारण सामान्य रुपमा सीमित मानिस भेला भएर यो पर्व मनाइएको हो ।



यो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने गर्छन् । नेपाल संम्वत ५१२ देखि मनाउन थालेको किम्वदन्ती रहेको पञ्चदान पर्वमा बौद्ध धर्मावलम्वीहरुले पाँच दिपंकरहरुलाई बिहारबाट निकाली नगरका विभिन्न टोलमा दान दिने र ग्रहण गर्ने परम्परा छ ।

पञ्चदान विभिन्न दीपङ्कर बुद्ध, करुणामयका मूर्तिहरू तथा शाक्य मुनिहरूलाई दान दिने पर्व हो । यसदिन पृथ्वीबाट उब्जेको अन्न, फलफूल लगायत पाँच प्रकारको अन्न दान गर्ने परम्परा छ । त्यस्तैगरी शाक्य बज्राचार्यहरू घरघर गई दान ग्रहण गर्ने परम्परा छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट