काठमाडौं- टोखा नगरपालिकाले विदेश जाने नागरिकका लागि चाहिने क्यूआर कोडसहितको कोभिड प्रमाणपत्र २४ घण्टाभित्र उपलब्ध गराउने भएको छ ।
यसअघि स्वास्थ्य सेवा विभागले मात्र विदेश जाने नागरिकलाई क्यूआर कोड उपलब्ध गराउँदै आए पनि अब टोखा नगरपालिकाले उपलब्ध गराउने भएको हो ।
टोखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले प्रमाणीकरणको लागि आवेदन फारममा गई त्यहाँ माग गरिएको सबै विवरण भरेर क्यूआर कोड लिन सकिने बताए ।
उक्त वेबसाइटमा पासपोर्ट, पासपोर्ट आकारको फोटो, खोप कार्डको फोटो, सोही स्थानमा रहेको कवुलियतिनामाको फारम डाउनलोड गरेर अपलोड गरेपछि क्यूआर कोड लिन सकिनेछ ।
क्यूआर कोडसहितको प्रमाणपत्र अनिवार्य भएका देश जान लागेका व्यक्तिमा क्यूआर कोडसहिको प्रमाणपत्र प्राप्त गरेपछि मात्र टिकट लिनका लागि सरकारले सबैमा आग्रह गरेको छ ।