काठमाडौं- राप्रपाले २७-३० कात्तिकमा महाधिवेशन गर्ने भएको छ ।
सोमबार सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिले महाधिवेशनको मिति तय गरेको हो । त्यसका लागि भदौ मसान्तभित्र वडादेखि जिल्लासम्मका अधिवेशन सम्पन्न गर्ने तालिका बैठकले पारित गरेको छ ।
यस्तै १५ असोजभित्र प्रदेश अधिवेशन र २० असोजभित्र सक्रिय सदस्यहरूबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गरिसक्ने तय भएको छ ।