झोलुुङ्गे पुल बगाएपछि काठे पुल तर्नुपर्ने बाध्यता-Sutra News

झोलुुङ्गे पुल बगाएपछि काठे पुल तर्नुपर्ने बाध्यता

सोमबार, ३२ साउन २०७८

सोमबार, ३२ साउन २०७८

मान्म- कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-१ कोटबाडा र वडा नं ५ को माल्कोट जोड्ने रहगाडको झोलङ्गे पुल बाढीले बगाएपछि काठे पुल तर्न स्थानीयवासी बाध्य छन् ।



गतवर्ष आएको बाढीले उक्त स्थानको झोलुुङ्गे पुल बगाएको थियो । पुल पुनः निर्माणमा कसैले ध्यान नदिँदा खोला तर्न काठे पुल हालिएकामा त्यो पनि जीर्ण भएको भएको वडा नं ८ का महेश विष्टले बताए ।

“नयाँ पुल बनाउनका लागि गाउँपालिकासँग माग गरेका छौँ ।” सोही स्थान निवासी रुप विष्टले भने, “गाउँपालिकाको आधा जनसङ्ख्या वारपार गर्ने पुल नहुँदा जोखिम मोलेरै खोला तर्नुपर्ने बाध्यता छ ।”

गाउँपालिकालगायत सरोकारवाला निकायसँग पुल निर्माणका लागि लामो समयदेखि माग गरिएकामा कसैले पनि चासो नदिएको वडा नं ६ का रण विकले जानकारी दिए ।

“झोलुङ्गे पुल निर्माणका लागि हामीले पहल गरेकामा एउटा संस्थामार्फत गरिने भएको छ ।” गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले भने, “प्राविधिक कारणले निर्माणमा केही ढिला भएकामा चाँडै बनाउन ताकेता गरेका छौँ ।” सांकेतिक तस्बिर । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट