गायिका रचना रिमालको स्वरमा तिज गीत ‘हे शिव भोला’ सार्वजनिक [भिडियो]-Sutra News

गायिका रचना रिमालको स्वरमा तिज गीत ‘हे शिव भोला’ सार्वजनिक [भिडियो]

सोमबार, ३२ साउन २०७८

सोमबार, ३२ साउन २०७८

काठमाडौं- गायिका रचना रिमालको स्वरमा तिज गीत ‘हे शिव भोला’ सार्वजनिक गरिएको छ । क्लासिक फ्रेममा रेकर्ड गरिएको यस गीतको रचना, संगीत, मिक्सिङ र मार्टरिङ बाबुल गिरीले गरेका हुन् ।



यस गीतको भिडियोमा चर्चित अनुहारहरू तिर्सना बुढाथोकी, रजिना केसी र यम पटेलले अभिनय गरेका छन् । बुढाथोकी यसै गीतमार्फत् नेपाली संगीत क्षेत्रमा फर्किएकी छिन् ।

अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको गीतको भिडियो आरजे एसआइले निर्देशन गरेका हुन् भने सबि डियरले भिडियो निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट