जसपाले बोलायो केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डाहरु-Sutra News

जसपाले बोलायो केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डाहरु

मंगलबार, १ भाद्र २०७८

मंगलबार, १ भाद्र २०७८

काठमाडौँ । जनता समाजवादी पार्टी ( जसपा ) नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ ।



बैठक आज मंगलबार काठमाडौँको डिल्लीबजार, कालिकास्थानस्थित एउटा पार्टी प्यालेसमा बस्ने एक नेताले जानकारी दिए ।

आजको बैठकमा सरकारमा सहभागितामा लागि मन्त्रीहरुको  चयन लगायतका विषयहरुमा छलफल हुने बताइएको छ ।

मन्त्री बन्नेहरुमा जसपा उपेन्द्र यादवसहित महेन्द्र राय यादव, प्रदीप यादव राजेन्द्र श्रेष्ठ, रेणु यादव, , इस्तियाक राई, रानी मण्डल, प्रमोद साहलगायतको नाम प्रस्ताव गरेको बताइएको छ । 

जसपाका नेता महन्थ ठाकुर पक्षले आधिकारिकता गुमाएपछि जसपामा हाल ५१५ केन्द्रीय सदस्य कायम रहेका छन् ।

जसपाको उपेन्द्र यादव पक्षले आधिकारिकता पाएसँगै उनले महन्थ ठाकुरले पनि आत्मालोचना गरेर आए पार्टीमा ठाउँ रहेको नत्र नरहेको बताएका छन् ।

यता महन्थ ठाकुरले जसपाको आधिकारिकता सम्बन्धमा सर्वोच्च अदालतमा दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । हिजो सोमबार बसेको इजलासले यस्तो निर्णय गरेको हो ।  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट