प्रधानमन्त्री देउवा भेट्न महन्थ ठाकुर बालुवाटारमा-Sutra News

प्रधानमन्त्री देउवा भेट्न महन्थ ठाकुर बालुवाटारमा

मंगलबार, १ भाद्र २०७८

मंगलबार, १ भाद्र २०७८

काठमाडौँ । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।



उनीहरुबीच देउवाको सरकारी निवास बालुवाटारमा आज मंगलबार बिहान भेटवार्ता भएको हो ।

भेटमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारसँग भएको सहमति कार्यान्वयन सम्बन्धमा छलफल भएको बताइएको छ ।

नागरिकता विधेयक पारित नभएका कारण धेरै मानिसहरु नागरिकता लिनबाट बन्चित भएको भन्दै ठाकुर पक्षले असन्तुष्टि जनाउँदै आएको छ । ठाकुरले सोही विषययमा पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट