काठमाडौँ । साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
सोमबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज मंगलबार ४ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १२ सय रुपैयाँमा कारोबार भएको छ ।