काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नेबारे निर्णय लिन देउवाले बैठक बोलाएको बताइएको छ ।
देउवाले अध्यादेश ल्याएर दाल फुटाउन सजिलो बनाउने तयारी गरेको भन्दै एमालेमा तरंग उत्पन्न भएको छ ।
सरकारमा सहभागी मन्त्रीहरु बालुवाटार पुगेका छन् ।
देउवा असार २९ मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । हालसम्म उनले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।