एमाले स्थायी कमिटी बैठक जारी, यी विषयहरुमा हुँदैछ छलफल-Sutra News

एमाले स्थायी कमिटी बैठक जारी, यी विषयहरुमा हुँदैछ छलफल

मंगलबार, १ भाद्र २०७८

मंगलबार, १ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।



बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा केहीबेर अगाडी सुरु भएको हो ।

बैठकमा सहभागी हुन अध्यक्ष केपी ओलीलगायत नेता च्यासल पुगिसकेका छन् ।

दुवै बैठक पछिल्लो विकसित राजनीतिक घटनाका बारेमा छलफल गर्न बोलाएको एक नेताले जानकारी दिए । सरकारले संघीय संसद्का दुवै अधिवेशन भदौ ३२ गते रातिबाट बन्द गरेपछि अध्यक्ष ओलीले सोमबार राति नै आफ्नो निवास बालकोटमा केही स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए ।

​नेताहरुसँगको छलफलपछि राति नै अध्यक्ष ओलीले विज्ञप्ति जारी गर्दै दल विभाजन गर्ने षड्यन्त्र अनुसार अध्यादेश ल्याउन खोजिएको भन्दै त्यसको विरोध गर्न अपिल गरेका थिए ।

‘पूर्व घोषित प्रतिबद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन हठात् अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र नेकपा (एमाले) लाई विभाजित गर्ने षडयन्त्र गरिँदैछ । नेकपा (एमाले) र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षडयन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्तैन । तसर्थ, पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरूलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरू विरुद्ध दृढताका साथ उभिन हार्दिक अपिल गर्दछु’, ओलीले जारी गरेको ५ बुँदे विज्ञप्तिमा भनिएको छ ।

साथै उनले केही समययता नेकपा (एमाले) र अन्ततः नेपाली कम्युनिस्ट आन्दोलनलाई नै विभाजित गर्ने र समाप्त पार्न खोज्ने गम्भीर षडयन्त्र भइरहेको भोगिरहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट