एमाले स्थायी कमिटी बैठकमा वामदेव गौतम अनुपस्थित-Sutra News

एमाले स्थायी कमिटी बैठकमा वामदेव गौतम अनुपस्थित

मंगलबार, १ भाद्र २०७८

मंगलबार, १ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।



बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा केहीबेर अगाडी सुरु भएको बैठकमा वामदेव गौतम भने अनुपस्थित रहेका छन् ।

बैठकमा सहभागी हुन अध्यक्ष केपी ओलीलगायत नेता च्यासल पुगिसकेका छन् ।

दुवै बैठक पछिल्लो विकसित राजनीतिक घटनाका बारेमा छलफल गर्न बोलाएको एक नेताले जानकारी दिए । सरकारले संघीय संसद्का दुवै अधिवेशन भदौ ३२ गते रातिबाट बन्द गरेपछि अध्यक्ष ओलीले सोमबार राति नै आफ्नो निवास बालकोटमा केही स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए ।

​नेताहरुसँगको छलफलपछि राति नै अध्यक्ष ओलीले विज्ञप्ति जारी गर्दै दल विभाजन गर्ने षड्यन्त्र अनुसार अध्यादेश ल्याउन खोजिएको भन्दै त्यसको विरोध गर्न अपिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट