काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल विभाजन गर्नका लाागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए पुग्ने गरी अध्यादेश तयार गरेको छ ।
एमालेका माधव कुमार नेपालसँगको छलफलपछि दल विभाजन गर्नका लाागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए पुग्ने गरी अध्यादेश तयार गरिएको बताइएको छ ।
देउवाले अध्यादेश ल्याउने हल्ला चलेपछि एमालेमा तरंग उत्पन्न भएको छ ।
सरकारले संघीय संसद्का दुवै अधिवेशन भदौ ३२ गते रातिबाट बन्द गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार राति नै आफ्नो निवास बालकोटमा केही स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए ।
नेताहरुसँगको छलफलपछि राति नै अध्यक्ष ओलीले विज्ञप्ति जारी गर्दै दल विभाजन गर्ने षड्यन्त्र अनुसार अध्यादेश ल्याउन खोजिएको भन्दै त्यसको विरोध गर्न अपिल गरेका थिए ।