एमाले प्रवक्ता ज्ञवाली भन्छन् – केही साथीहरू बाहिरिने अनुमान छ-Sutra News

एमाले प्रवक्ता ज्ञवाली भन्छन् – केही साथीहरू बाहिरिने अनुमान छ

मंगलबार, १ भाद्र २०७८

मंगलबार, १ भाद्र २०७८

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले एमालेबाट केही नेताहरू बाहिरिन सक्ने अनुमान व्यक्त गरेका छन् ।



मंगलवार बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै ज्ञवालीले २० प्रतिशत केन्द्रीय सदस्यहरू पार्टीबाट बाहिरिने अनुमान गरेका हुन् ।

‘केही साथीहरू बाहिरिने अनुमान गर्न सकिन्छ,’ ज्ञवालीले भने, ‘पार्टीभित्र सकारात्मक योगदान गर्न चाहनेहरू पनि धेरै हुनुहुन्छ । उहाँ (माधवकुमार नेपाल)हरू त १५/२० प्रतिशत भएपनि पार्टी विभाजन गरेर अघि जाने दिशामा देखिनुभएको छ ।’

ज्ञवालीले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन सरकारले निर्णय गरिसकेको बताए ।

‘मेरो जानकारीमा आए अनुसार सरकारले निर्णय गरिसकेको छ,’ ज्ञवालीले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट