नेकपा एमालेले सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेकोमा आपत्ति जनाएको छ ।
मंगलबार तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा मंगलवार बसेको एमाले स्थायी कमिटी बैठकले सरकारले अध्यादेश ल्याउन गरेको तयारीलाई निन्दनीय भएको निश्कर्ष निकालेको हो ।
बैठकले हठात संसद अधिवेशन अन्त्यको भर्त्सनासमेत गरेको छ ।
स्थायी कमिटीको बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याइए प्रतिवाद गर्ने निर्णयसमेत गरेको छ ।