दल विभाजनको तयारी भइरहेका बेला रावलले बोलाए आफू निकटको छुट्टै भेला-Sutra News

दल विभाजनको तयारी भइरहेका बेला रावलले बोलाए आफू निकटको छुट्टै भेला

मंगलबार, १ भाद्र २०७८

मंगलबार, १ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू पक्षीय नेताहरुको छुट्टै भेला बोलाएका छन् ।



दल विभाजनको तयारी भइरहेका बेलामा बोलाइएको भेलालाई महत्वपूर्ण अर्थले हेरिएको छ ।

अबको दिनमा कस्तो रणनीतिका साथ अगाडी बढ्ने तथा कतातर्फ लाग्ने भन्ने विषयमा छलफल गर्नका लागि भेला बोलाइएको बताइएको छ ।

नेता रावल माधवकुमार नेपालनिकट नेता हुन् । तर पछिल्लो समय पार्टी एकताका लागि भन्दै उनी पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति नरम हुँदै आएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले दल विभाजन खुकुलो हुने अध्यादेश ल्याएको थियो ।

मंगलवार बसेको मन्त्रिपरिषद बैठकले बहुचर्चित दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको छ । स्रोतले दिएको जानकारीअनुसार अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने प्रावधान राखिएको छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा रहेको केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्याउनु पर्ने प्रावधानलाई हटाएर केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे मात्र दल विभाजन गर्न सकिने प्रावधानसहितको अध्यादेश सरकारले ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट