गठबन्धनले प्रधानमन्त्री नै दिन्छु भनेपनि म माधवतिर लाग्दिन – नवराज सिलवाल-Sutra News

गठबन्धनले प्रधानमन्त्री नै दिन्छु भनेपनि म माधवतिर लाग्दिन – नवराज सिलवाल

मंगलबार, १ भाद्र २०७८

मंगलबार, १ भाद्र २०७८

नेकपा एमालेका सांसद नवराज सिलवालले आफू संस्थापन पक्षमै रहेको बताएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालतिर लागेको समाचारको खण्डन गर्दै सिलवालले त्यसलाई प्रोपोगाण्डा भनेका छन् ।



‘म संस्थापनतिर नै छु, कतै लागेको छैन,’ सिलवालले सूत्रन्यूजसँग भने, ‘बजारमा म दायाँ बायाँ लागें भनेर हल्ला चलाइएको रहेछ, त्यो सही होइन ।’

उनले सत्ता गठबन्धनले आफूलाई प्रधानमन्त्री नै दिन्छु भनेपनि आफूले एमालेको संस्थापन पक्ष नछोड्ने बताए । 

‘गठबन्धनले प्रधानमन्त्री नै दिन्छु भनेपनि म लोक्तान्त्रिक मूल्य र मान्यतासँग सम्झौता गरेर त्यता जान्न,’ सिलवालले भने । 

यसअघि सिलवाल नेता नेपालले बोलाएको बैठकमा सहभागी भएको समाचार बाहिरिएको थियो ।

सिलवालले आफूहरू एकताको पक्षमा जुट्न आग्रह गर्दै नेता नेपालसमक्ष गएको बताए । ‘हामी केही सांसदहरू कृष्ण दाहाल, सूर्य पाठक, गणेश पहाडी र म पार्टी विभाजन तिर नलाग्नुहोस भन्न गएका थियौं । त्यसैलाई समातेर उता गए भन्दै प्रचार भएछ,’ उनले भने ।

पूर्व प्रहरी अधिकृतसमेत रहेका सिलवाल २०७४ सालको आमनिर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ बाट बिजयी भएका थिए । सिलवाल अध्यक्ष ओलीलाई साथ दिने प्रभावशाली सांसद हुन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट