तालिबानले अफगान सरकारी अधिकारीलाई ‘आम माफी’ दिने, काममा फर्कन आग्रह-Sutra News

तालिबानले अफगान सरकारी अधिकारीलाई ‘आम माफी’ दिने, काममा फर्कन आग्रह

मंगलबार, १ भाद्र २०७८

मंगलबार, १ भाद्र २०७८

काबुल- तालिबान समूहले मंगलबार अफगानिस्तानका सबै सरकारी अधिकारीहरूका लागि ‘आम माफी’ को घोषणा गरेको छ । तालिबान नेतृत्वले शरिया कानूनको पक्षधर महिलालाई पनि काममा फर्किन आग्रह गरेको छ ।



शरिया कानून इस्लाम धर्मको धार्मिक उपदेशका आधारमा बनाइएको कानून हो । तालिबानको सांस्कृतिक आयोगका सदस्य इनामुल्लाह सामङ्गानीले अफगानिस्तानमा प्रशासनसम्बन्धी पहिलो भनाइ सार्वजनिक गर्दै कर्मचारीलाई आम माफी दिइने बताएका फ्रान्सेली टेलिभिजन, फ्रान्स–२४ ले उल्लेख गरेको छ ।

“पूर्ण आत्मविश्वासका साथ कर्मचारीले आफ्नो दिनचर्याको जीवन फेरि सुरु गर्नुपर्छ,” सामञ्जनीले माफी को घोषणा गर्दै भने । शरिया कानुन बमोजिम महिलालाई पनि सरकारमा सहभागी हुन दिइएको छ तर उनीहरू शरिया कानुन अनुसार सरकारी संरचनामा रहनुपर्दछ ।

अफगानिस्तानको प्रमुख टिभी स्टेशन टोलो न्युजले उसको एक महिला कार्यक्रम सञ्चालिकाले मंगलबार तालिवानको सञ्चार समूहका सदस्य सामाङ्गिनीको अन्तरर्वार्ता प्रसारण गरेको थियो ।

उक्त कार्यक्रममा ती तालिबान सदस्यले सरकारको संरचना अझै पूर्ण रुपमा स्पष्ट नभएको तर अनुभवका आधारमा पूर्ण इस्लामिक नेतृत्व हुनुपर्ने र सबै पक्षलाई समाबेश गरिने बताएका थिए ।

तालिबानले अफगानिस्तानलाई कसरी शासन गर्ने भन्ने विषयमा घोषणाहरूमा स्पष्ट भएका छैनन् । तर साङ्केतिक रूपमा उनीहरूले इस्लामी “सिद्धान्त“ अनुसार हुनेछ ।

इस्लामी कानुन शारियको कठोर व्याख्या अनुसार शासन गर्ने तालिबानको अधीनमा महिलाहरू धेरै हदसम्म आफ्नो घरमा मात्र सीमित थिए ।

विद्रोहीहरूले हालैका वर्षहरूमा यसमा केही लचक बन्ने प्रयास गरेका भएपनि थुप्रै अफगानीहरू नै तालिबानले सत्ता सञ्चालनका क्रममा देखउनसक्ने शैलीप्रति शङ्का व्यक्त गरेका फ्रान्स–२४ टेलिभिजनले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट