अध्यादेशको विरोधमा एमालेले देशभर प्रदर्शन गर्ने-Sutra News

अध्यादेशको विरोधमा एमालेले देशभर प्रदर्शन गर्ने

मंगलबार, १ भाद्र २०७८

मंगलबार, १ भाद्र २०७८

काठमाडौं- दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा मुख्य विपक्षी दल नेकपा एमालेले बुधबार देशभर प्रदर्शन गर्ने बताएको छ ।



एमालेले भ्रातृ संगठन युवा संघको आयोजनामा देशभर प्रदर्शन गर्न लागेको हो ।

युवासंघका इन्चार्ज समेत रहेका एमाले केन्द्रीय सदस्य महेश बस्नेतले राजधानीमा नयाँ बानेश्वर २ बजे र उपत्यकाबाहिर प्रत्येक जिल्ला सदरमुकाम तथा मुख्य शहरहरुमा बुधबार प्रदर्शन गरिने जानकारी दिए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नो पार्टी फुटाउन अध्यादेश ल्याएको भन्दै आक्रोशित बनेको एमालेले अध्यादेश फिर्ताको माग गरेको छ ।

यस्तै राष्ट्रपतिले अध्यादेश स्वीकृत गर्न नहुने समेत जिकिर गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट