झापा- झापाको बिर्तामोड नगरपालिकाबाट मंगलबार लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ ।
बिर्तामोड-५ नयाँ बसपार्कस्थित मिलनचोकबाट अर्जुनधारा-५ का २७ वर्षीय मनोज चौधरी र बिर्तामोड-५ का २३ वर्षीय सुमन तामाङलाई २० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
उनका अनुसार लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कबाट प्रहरीको टोलीले ब्राउन सुगर र मे २ प ८६८६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य भइरहेको झापा प्रहरीले जनाएको छ ।