रावलको प्रश्न- हिजो यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन ?-Sutra News

रावलको प्रश्न- हिजो यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन ?

बुधबार, २ भाद्र २०७८

बुधबार, २ भाद्र २०७८

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले हिजोका दिनमा अध्यादेश जारी गर्दा चर्को विरोध गर्नेहरू आज आफैं त्यही बाटोमा हिँडेको भन्दै कटाक्ष गरेका छन् ।



प्रधानमन्त्री शेरबहादुर देउवा नेतृ्त्वको सरकारले एमालेका वरिष्ठ नेता माधव नेपाललाई दल फुटाउन सहज हुनेगरी अध्यादेश ल्याएको दिन मंगलबार राति सामाजिक सञ्जालमार्फत नेता रावलले विरोध जनाएका हुन् ।

उनले भने, ‘विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन ? २०५४ सालमा एमाले फुटाउदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन ?’

दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षाविपरीत निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल भएको नेता रावलले टिप्पणी गरेका छन् ।

मंगलबार प्रधानमन्त्री देउवाले दल विभाजन सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका छन् ।

अध्यादेशका विषयमा राष्ट्रपति भण्डारीले विज्ञहरूसँग परामर्श गरिरहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट