फेरी बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?-Sutra News

फेरी बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

बुधबार, २ भाद्र २०७८

बुधबार, २ भाद्र २०७८

साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।



आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।

मंगलबार ९१ हजारमा कारोबार भएको सुनको मूल्य आज बुधबार दुई सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यस्तै आज तेजाबी सुनको मूल्य तोलमा पनि दुई सय रुपैयाँले बढेर ९० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुनको मूल्य वृद्धि हुँदा यता चादीको मूल्यमा भने गिरावट आएको छ ।  आज चाँदी पाँच रुपैयाँले घटेर १२ सय पाँच रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट