राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी-Sutra News

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

बुधबार, २ भाद्र २०७८

बुधबार, २ भाद्र २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन्।



भण्डारीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याउनु पर्ने व्यवस्थालाई परिवर्तन गरी संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए पुग्ने व्यवस्थासहित अध्यादेश जारी गर्न मंगलवार सरकारले राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।

16_अध्यादेश-जारी_2078_विज्ञप्ति-1489x2048.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट