अध्यादेश जारी भएसँगै नेपाल पक्षका नेताहरुको दौडधुप सुरु, आजै नयाँ पार्टी दर्ता गर्ने तयारी-Sutra News

अध्यादेश जारी भएसँगै नेपाल पक्षका नेताहरुको दौडधुप सुरु, आजै नयाँ पार्टी दर्ता गर्ने तयारी

बुधबार, २ भाद्र २०७८

बुधबार, २ भाद्र २०७८

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले आज नयाँ पार्टी दर्ता गर्ने तयारी थालेको छ ।



यसैबीच नेता नेपालले आफूपक्षीय नेताहरुको भेला बोलाएका छन् । नेताहरु बानेश्वरस्थित अर्याल होटलमा भेला हुने भएका छन् । आजै पार्टी दर्ता हुने माधव पक्षका एक नेताले जानकारी दिए ।

भण्डारीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याउनु पर्ने व्यवस्थालाई परिवर्तन गरी संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए पुग्ने व्यवस्थासहित अध्यादेश जारी गर्न मंगलवार सरकारले राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट