नेपाल पक्षको पार्टीको नाम नेकपा एमाले समाजवादी, चुनाव चिह्न खुला पुस्तक राख्ने तयारी-Sutra News

नेपाल पक्षको पार्टीको नाम नेकपा एमाले समाजवादी, चुनाव चिह्न खुला पुस्तक राख्ने तयारी

बुधबार, २ भाद्र २०७८

बुधबार, २ भाद्र २०७८

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै एमालेको माधव नेपाल समूह दल दर्ता गर्ने तयारीमा रहेको छ ।



एक सदस्यका अनुसार आजै पार्टी दर्ता गर्ने तयारी रहेको छ ।

पार्टीको नाम नेकपा एमाले समाजवादी पार्टी तथा चुनाव चिन्ह किताब राख्ने निर्णय गरेको बताइएको छ ।

अध्यादेश जारी भएसँगै नेपाल पक्षका नेताहरुको दौडधुप सुरु भइसकेको छ ।

उनीहरु बानेश्वरस्थित अर्याल होटेलमा केहीबेरमा जम्मा हुनेछन् ।

त्यस्तै उता जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले पनि नयाँ दल दर्ता गर्ने तयारीमा रहेका छन्  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट