माधवसँग ३४ सांसद र ६० केन्द्रीय सदस्य : दल – एमाले समाजवादी, चुनाव चिह्न – खुला किताब-Sutra News

माधवसँग ३४ सांसद र ६० केन्द्रीय सदस्य : दल – एमाले समाजवादी, चुनाव चिह्न – खुला किताब

बुधबार, २ भाद्र २०७८

बुधबार, २ भाद्र २०७८

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दर्ता गर्ने नयाँ दलको नाम नेकपा एमाले (समाजवादी) हुने भएको छ ।



राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी भएपछि तीव्र छलफलमा जुटेको उक्त समूहले आजै निर्वाचन आयोग पुगेर नयाँ दल दर्ता गराउने भएको हो ।

पार्टीको अध्यक्ष नेपाल हुनेछन् भने चुनावचिह्न खुला किताब हुने एक केन्द्रीय सदस्यले बताए ।

विधान र अन्य दस्तावेज यसअघि नै तयार पारिसकिएको छ । सबै सदस्यहरूको नाम, नागरिकता र हस्ताक्षर पनि तयारी अवस्थामा रहेको छ ।

नेता नेपालसँग कम्तीमा ३४ सांसद र ६० केन्द्रीय सदस्य रहने बताइएको छ । २०३ सदस्यीय केन्द्रीय समिति र १२१ सदस्यीय संसदीय दल रहेको एमालेबाट २० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्य र सांसदले नयाँ दल दर्ताका लागि हस्ताक्षर गरिसकेका छन् ।

नेपाल पक्षमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती बिसुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ लगायत ३४ जना सांसद रहेको दाबी गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट