एमालेले गर्ने कारबाही बदर गर्न माग गर्दै माधव समूहका १४ सांसद सभामुखको शरणमा-Sutra News

एमालेले गर्ने कारबाही बदर गर्न माग गर्दै माधव समूहका १४ सांसद सभामुखको शरणमा

बुधबार, २ भाद्र २०७८

बुधबार, २ भाद्र २०७८

काठमाडौँ । एमालेले माधव नेपाल समूहका १४ सांसदमाथि कारवाही गर्ने भएपछि उक्त कारबाही रोक्न नेताहरु सभामुखसमक्ष जान लागेका छन् ।



राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन अध्यादेश जारी गरेसँगै बानेश्वरको अर्याल होटेलमा जम्मा भएर छलफल गरेपछि उनीहरु सभामुखसमक्ष  जाने भएका हुन् ।

एमालेले हिजो मंगलबार १४ सांसदहरुलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

कारवाहीमा परेका सांसदहरुमा माधवकुमार नेपाल, विरोध खतिवडा, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, पुष्पकुमारी कर्ण, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, सरलाकुमारी यादव, कलिला खातुन, मेटमणि चौधरी, भवानी खापुङ रहेका छन् ।  

नेपाल समूहले दर्ता गर्ने नयाँ दलको नाम नेकपा एमाले (समाजवादी) हुने भएको छ ।

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी भएपछि तीव्र छलफलमा जुटेको उक्त समूहले आजै निर्वाचन आयोग पुगेर नयाँ दल दर्ता गराउने भएको हो ।

पार्टीको अध्यक्ष नेपाल हुनेछन् भने चुनावचिह्न खुला किताब हुने एक केन्द्रीय सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट