काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का माधवकुमार नेपाल पक्षले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै एमाले फुटेको छ ।
नेता नेपालले आयोगमा दर्ता गर्न लागेको पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ ने चुनाव चिन्ह खुल्ला किताब राखिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दाल विभाजन सम्बन्धि अध्यादेश जारी गरेसँगै नेपाललाई पार्टी फुटाउन थप सहज भएको हो ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले दल विभाजन सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।