मुख्यमन्त्री उपहार पाएपछि अष्टलक्ष्मीको ‘यु टर्न’, अन्तिम अवस्थामा छाडिन् माधवको साथ-Sutra News

मुख्यमन्त्री उपहार पाएपछि अष्टलक्ष्मीको ‘यु टर्न’, अन्तिम अवस्थामा छाडिन् माधवको साथ

बुधबार, २ भाद्र २०७८

बुधबार, २ भाद्र २०७८

नेकपा एमालेकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले वरिष्ठ नेता माधवकुमार नेपालको साथ छाडेकी छन् ।



सरकारले दल विभाजन खुकुलो हुने गरी अध्यादेश ल्याएपछि नेता नेपालले नेकपा एमाले समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् ।

नयाँ दल दर्ता गर्ने प्रक्रियामा सामेल नभएकी शाक्यलाई आजै वागमती प्रदेशको एमाले संसदीय दलको नेता बनाइएको छ ।

मुख्यमन्त्रीसमेत रहेका संसदीय दलका नेता डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

यसअघि नेपाल समूहमा रहेका शाक्य ओलीको चर्को विरोध गर्ने गर्दथिन् ।

ओलीसँग वागमतीको मुख्यमन्त्री पद पाउने सहमति भएपछि शाक्यले अन्तिम अवस्थामा नेता नेपालको साथ छोडेकी छन् ।

शाक्यसँगै योगेश भट्टराई, गोकर्ण बिष्ट, भीम रावल, भीम आचार्यलगायतका आधा दर्जन स्थायी कमिटी सदस्य अन्तिम अवस्थामा नेता नेपालको साथ छोडेका छन् ।

नेता नेपालको अध्यक्षतामा नयाँ दर्ता हुन लागेको पार्टीको चुनावचिह्न खुला किताब राखिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट