काठमाडौँ । नेकपा एमालेका नेता सूर्य थापाले माधवकुमार नेपालले दर्ता गर्न लागेको नयाँ पार्टी धेरै नटिक्ने बताएका छन् ।
नेपालले नयाँ दल दर्ता गर्न लागेसँगै नेता थापाले सामाजीक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।
‘००७ सालदेखि नै विभाजित भई खुलेका खुद्रा दुकान चलेका छैनन् । न मातृका कोइराला नेतृत्वको राष्ट्रिय प्रजा पार्टी चलेको इतिहास रहेको छ, नत माधवकुमार नेपालको स्वघोषित समाजवादी नै चल्नेछ ।’ उनले लेखेका छन् ।
२००७ सालदेखि नै विभाजित भई खुलेका खुद्रा दुकान चलेका छैनन्।न मातृका काेइराला नेतृत्वकाे राष्ट्रिय प्रजा पार्टी चलेकाे इतिहास रहेकाे छ,नत माधव कु.नेपालकाे स्वघाेषित ‘समाजवादी’नै चल्नेछ। बीपीलाई कमजाेर पार्न मातृका र केपीलाई सत्ताच्यूत र कमजाेर गर्न माधवलाई उपयाेग गरेकाे स्पष्टै छ!
— Surya Thapa (@ThapajiSurya) August 18, 2021