पार्टी एकताको सन्देश दिन दलको नेताबाट राजीनामा दिएको मुख्यमन्त्री पौडेलको दाबी-Sutra News

पार्टी एकताको सन्देश दिन दलको नेताबाट राजीनामा दिएको मुख्यमन्त्री पौडेलको दाबी

बुधबार, २ भाद्र २०७८

बुधबार, २ भाद्र २०७८

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पार्टी एकताको लागि सन्देश दिनका लागि आफूले संसदीय दलको नेताबाट राजीनामा दिएको बताएका छन् । उनले पद र प्रतिष्ठा भन्दापनि पार्टी एकता जोगाउनु प्रमुख कुरा भएकाले आफूले राजीनामा दिएको स्पष्ट पारेका हुन् ।



उनले बुधबार दिउँसो बसेको एमाले बागमती प्रदेशको संसदीय दलको बैठकमा दलको नेताबाट राजीनामा दिने घोषणा गरेका थिए । ‘यो कुनै नौलो कुरा हैन, नेकपा एमालेलाई एकतावद्ध ढंगबाट अगाडि बढाउन आफ्नो स्वइच्छाले राजीनामा दिएको हुँ । यसमा कसैको पनि दवाव छैन,’ उनले भने ।

उनले आफ्नो राजीनामाले पार्टी एकीकरणको लागि केन्द्रीय नेतृत्वलाई दवावसहितको सन्देश हुने बताए । आफूले सरकारको नेतृत्व नेकपा एमालेकी उपाध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई सुम्पिने पनि पौडेलले बताए ।

सरकारले प्रतिकूलता र अभावका बीच पनि आफ्नो कार्यकालमा विकास निर्माणको काम पर्याप्त भएकाले सरकारले असन्तोष मान्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट