नितिनले ल्याए ‘कसम हो कसम’ [भिडियो]-Sutra News

नितिनले ल्याए ‘कसम हो कसम’ [भिडियो]

बुधबार, २ भाद्र २०७८

बुधबार, २ भाद्र २०७८

काठमाडौं- लोकप्रिय गायक नितिन गजुरेलको नयाँ गीत ‘कसम हो कसम’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मुनाल शिशिर कोइरालको शब्द तथा दीपकराज विश्वकर्माको संगीत रहेको छ ।



नितिनलाई गीत गायनमा गायिका अनु चौधरीले साथ दिएकी छिन् । मायाप्रेमका शब्दहरु समेटिएको गीतको भिडियोमा सुधीर श्रेष्ठ र नग्मा श्रेष्ठको रोमान्स देख्न सकिन्छ । भिडियोमा आकर्षक रुपमा प्रेमकथा देखाउन खोजिएको छ ।

मुनाल शिशिर कोइरालाको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन तथा विष्णु खड्का सम्पादन छ । हरिदेवी कोइरालाको प्रस्तुति रहेको भिडियो जनता डिजिटलको युट्युवबाट सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट