युवा संघद्वारा दलसम्बन्धी अध्यादेशविरुद्ध देशभर प्रदर्शन-Sutra News

युवा संघद्वारा दलसम्बन्धी अध्यादेशविरुद्ध देशभर प्रदर्शन

बुधबार, २ भाद्र २०७८

बुधबार, २ भाद्र २०७८

काठमाडौं- दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको विरोधमा नेकपा एमालेको भातृ संगठन युवा संघले बुधबार विरोध प्रदर्शन गरेको छ ।



बुधबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघका कार्यकर्ताले अध्यादेश ल्याएको भन्दै ¥याली निकालेको हो ।

प्रदर्शनकारीहरुले शेरबहादुर देउवा सरकारको साथै नवगठिन नेकपा एमाले (समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालविरुद्ध समेत नारा लगाएका थिए ।

युवा संघले अध्यादेशले देश अस्थिरतातर्फ धकेलिएको भन्दै देशभर प्रदर्शन गरेका जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट