पहिलो महिला मुख्यमन्त्रीको रूपमा लिइन् शाक्यले सपथ-Sutra News

पहिलो महिला मुख्यमन्त्रीको रूपमा लिइन् शाक्यले सपथ

बुधबार, २ भाद्र २०७८

बुधबार, २ भाद्र २०७८

काठमाडौं- बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छिन् । यससँगै शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छिन् ।



बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले संसदीय दलको नेतामा शाक्यलाई चयन गरेको थियो ।

दलको नेता भएपछि एमालेको सिफारिसमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

एमाले प्रदेशसभा सांसद दीपक निरौलाले शाक्य मुख्यमन्त्रीमा नियुक्त भएको जानकारी दिए । उनले भने, ‘अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।’

बागमती प्रदेशमा एमालेको एकल बहुमत छ । १०९ सदस्यीय प्रदेश सभामा एमालेका ५६ सांसद छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट