यस्ता छन् शाकाहारी खानाका फाइदा-Sutra News

यस्ता छन् शाकाहारी खानाका फाइदा

बिहिबार, ३ भाद्र २०७८

बिहिबार, ३ भाद्र २०७८

माछा, मासु, अण्डा आदि नखाने र साग पात तथा त्यसका परिकार र दूध, दूधबाट बनेका परिकारहरु खानेलाई शाकाहारी भनिन्छ । यसले शरिरलाई मांसाहरी भन्दा कम रोग लाग्छ भन्छि । शाकाहारी खानाबाट मांसाहारी खानामा जस्तै पर्याप्त प्रोटिन प्राप्त हुँदैन । शाकाहारीले प्रोटिन पूर्ति गर्न विभिन्न खानेकुरा खान सक्छन् ।शाकाहारीले खानुपर्ने पर्याप्त प्रोटिन भएका खाने कुरा के के हुन ? तीबारे यहाँ संशिक्षप्त चर्चा गरिएको छ । 



आलु 

मधुरो आगोमा पकाएको आलुमा प्रोटिन, पोटासियम, भिटामिन सी र फाइबर भरपुर मात्रामा पाइन्छ । त्यसैले शाकाहारीले आलुलाई हल्का आगोमा पकाएर खाँदा शरीरलाई फाइदा गर्छ । 

ब्रोकाउली

ब्रोकाउलीमा हाम्रो शरीरलाई अत्यावश्यक पर्ने पोषकतत्वहरु पाइन्छ । यो प्रोटिन र आइरन भएको उत्तम तरकारी हो । त्यसैले शाकाहारीले आफ्नो दैनिक भोजमा ब्रोकाउलीलाई समावेश गर्नु राम्रो हुन्छ । 

काउली

हेर्दा सुन्दर र खानामा स्वादिष्ट फूलगोभी (काउली)को तरकारी धेरै मानिसहरुलाई मन पर्छ । यसमा प्रोटिन, क्यालोरी, पोटासियम, म्याग्नेसियम, फाइबर र आइरनको गुण पाइन्छ । यसले शाकाहारी खाना रुचाउने व्यक्तिका लागि यो स्वादिलो मात्र नभइ पोषिलो पनि हो ।

च्याउ

यदि कसैलाई बारम्बार विभिन्न बिरामीले सताइ रहन्छ भने त्यस्ता व्यक्तिले नियमित च्याउ खानु राम्रो हुन्छ । यसमा प्रोटिन भरिपूर्ण हुने भएकाले शरीरलाई  तागत दिन्छ र रोगप्रतिरोधी क्षमता विकास गर्छ । 

पालक 

हाम्रो गाउँघरतिर सजिलै उपलब्ध हुने पालकको साग स्वास्थ्यको लागि धेरै नै उपयुक्त हुन्छ । पालकमा प्रोटिनकासाथै आइरन, फाइबर र भिटामिन बी पाइन्छ । 

बन्दागोभी

एन्टीअक्सिडेन्ट गुण भएको बन्दागोभीले शरीरबाट टक्सिन बाहिर निकाल्न मद्दत गर्छ । यसले शरीर सुन्निएको ठिक हुनुका साथै दुखाईबाट राहत दिन्छ । 

मकै 

जाडो मौसममा नियमित मकै खानु स्वास्थ्यका लागि धेरै फाइदाकारी हुन्छ । यसमा प्रोटिन र फाइबर अत्यधिक मात्रामा पाइन्छ ।

केराउ

आलुमा होस् वा पनिरमा होस, त्यसमा मिसाउनका लागि मटर (केराउ) कसलाई मन पर्दैन ? हरियो मटरलाई विभिन्न खाद्यपदार्थमा मिसाएर खान सकिन्छ । यो प्रोटिनको राम्रो स्रोत हो । 

भिन्डी

भिन्डी भिटामिन बी–कप्लेक्सको उत्तम स्रोत हो । यसमा भिटामिन सी पनि पर्याप्त मात्रामा पाइन्छ । यसमा उपलब्ध भएको फाइबरले पाचन प्रक्रियालाई पनि तन्दुरुस्त बनाई राख्छ । 

चुकन्दर 

चुकन्दर प्रोटिनको राम्रो स्रोत हो । यसले शरीर सुन्निएको र दुखाईलाई कम गर्छ । यसका साथै नियमित चुकन्दर खाँदा कोलेस्ट्रोल पनि नियन्त्रणमा रहन्छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट