एम्बुलेन्स र शववाहन सेवा सञ्चालनमा ल्याइयो-Sutra News

एम्बुलेन्स र शववाहन सेवा सञ्चालनमा ल्याइयो

बिहिबार, ३ भाद्र २०७८

बिहिबार, ३ भाद्र २०७८

कञ्चनपुर- कोरोना रोकथाम तथा नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउन भीमदत्त नगरपालिकाले एम्बुलेन्स र शववाहन सेवा सञ्चालन गरेको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको हो ।



शववाहन नगरपालिकाको आन्तरिक स्रोतबाट खरिद गरिएको छ । एम्बुलेन्सलाई सीमा नाका गड्डाचौकीमा राखेर कोरोना सङ्क्रमित बिरामी बोक्न प्रयोग गरिने नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताए ।

“एम्बुलेन्स सञ्चालन गरी कोरोना सङ्क्रमितलाई निःशुल्करुपमा आइसोलेसनमा पु¥याउने कार्य गरिने छ”, उनले भने, “शववाहनको प्रयोग कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न र अन्य शव बोक्नका लागि प्रयोगमा ल्याइने छ ।”

एम्बुलेन्स र शववाहन सञ्चालनका लागि निर्देशिका तयार गरी व्यवस्थितरुपमा सञ्चालन गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट