सूर्य थापाको दाबी- प्रदीप नेपालपछि थप ५ नेताले माधव नेपालको पार्टीमा नबस्ने घोषणा गरिसके-Sutra News

सूर्य थापाको दाबी- प्रदीप नेपालपछि थप ५ नेताले माधव नेपालको पार्टीमा नबस्ने घोषणा गरिसके

बिहिबार, ३ भाद्र २०७८

बिहिबार, ३ भाद्र २०७८

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले प्रदीप नेपालपछि थप ५ नेताले माधव नेपालले गठन गरेको नयाँ दल नेकपा एमाले (समाजवादी) पार्टीको केन्द्रीय सदस्यमा बस्न अस्वीकार गरेको दाबी गरेका छन् ।



नेता थापाले कृष्ण खनाल (चितवन) सुरेश कार्की (उदयपुर) नरेश खरेल (झापा) र शिवकुमार गुरुङ (ताप्लेजुङ) ले  माधवकुमार नेपालको विभाजनका विपक्षमा उभिने घोषणा गरेको दाबी गरेका हुन् ।

साथै नेता थापाले वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताले पनि क्रमशः माधव नेपालको पार्टी अस्वीकार गर्दै जाने आशासमेत व्यक्त गरेका छन् ।

‘कमरेडहरू झलनाथ खनाल, प्रदीप नेपाल, सुरेन्द्र मानन्धर, वसन्त मानन्धर, कृष्ण खनालसहित धेरै नेताको नाम यहाँबाट हट्दै जाने छ,’ थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रतीक्षा गरौं र अरू इमान्दार व्यक्तिले पनि कमरेड प्रदीपले झैं घोषणा गर्नेछन् । आशा पनि गरौं ।’ 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट