रसुवामा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु, दुई बेपत्ता-Sutra News

रसुवामा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु, दुई बेपत्ता

बिहिबार, ३ भाद्र २०७८

बिहिबार, ३ भाद्र २०७८

काठमाडौं- रसुवाको नैकुण्ड गाउँपालिका-५ कोलडाँडामा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।



बिहीबार बिहान करिब ३:३० बजे पहिरोले स्थानीय श्यामबहादुर गलानको घर पुरिएको थियो । स्थानीयले गलानलाई उद्धार गरी उपचारका लागि एम्बुलेन्समार्फत् काठमाडौंको ट्रमा सेन्टर ल्याइएको छ ।

पहिरोमा परेर गलानकी श्रीमती ३२ की कमला गलानको मृत्यु भएको छ । उनको शव पहिरोबाट बाहिर निकालिसकेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानरी दिए । आमा कमला र कान्छी छोरी ८ वर्षकी सुकमाया गलानको शव फेला परिसकेको पाण्डेको भनाइ छ ।

पाण्डेको भनाइमा अर्की छोरी ११ वर्षीय शोविता गलान र छोरा ७ वर्षका आशिष गलान भने अझै बेपत्ता छन् । उनीहरू पहिरोमा परेको आशंकामा खोजी कार्य जारी छ । सांकेतिक तस्बिर । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट