नेकपा एमालेका महासचिव ईश्वर पोखरेलल पार्टीबाट कोही बाहिरिंदैमा एमालेलाई केही नहुने बताएका छन् ।
पार्टीका नेता माधवकुमार नेपालले छुट्टै पार्टी गठन गरेपछि नेता पोखरेलले यस्तो बताएका हुन् ।
उनले पटकपटक एमाले एकताका लागि गरेको प्रयास निरर्थक भएको उल्लेख गरे । माधव नेपालका कारण पार्टी फुटेको उनको सिधा तर्क छ ।’ पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढाउन यसविच पार्टी अध्यक्ष लगायत विभिन्न साथीहरूले गर्नुभएको अनगिन्ती प्रयासका बाबजुद आज एमालेको एकतावद्ध अवस्थामा प्रश्न उठाउने अपराधपूर्ण काम भएको छ ।’ उनले लेखेका छन् ।
त्यस्तै नेता पोखरेलले एमाले गतिशील पार्टी भएको र कोही बाहिर जाँदैमा एमाले समाप्त पार्ने योजना सफल नहुने स्पष्ट परेका छन् ।