काठमाडौँ । पूर्व प्रधानमन्त्रीसमेत रहेका ३ पार्टीका अध्यक्षहरुले आज एकै मन्चबाट सम्बोधन गर्ने भएका छन् । तीन पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्रीहरुले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रस्तावित नेकपा एमाले समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आज एकै ठाउँबाट सम्बोधन गर्ने भएका हुन् ।
आयोजकका अनुसार आज उनीहरु ‘एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ बारेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन लागेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन अध्यादेश जारी गरेपछि माधव नेपालले एमाले छोडेर नयाँ पार्टीको गठन गरेका थिए ।