काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले काँग्रेस आत्मघाती र फोहोरी बाटोमा हिँडेको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा थापाले यस्तो बताएका हुन् । उनले गठबन्धनको अपवित्र सरकारले अध्यादेश ल्याएर दलीय प्रणालीलाई नै कमजोर बनाएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘संविधानको धारा ७६(५)प्रयोग गर्दा सांसद निर्दलीय हुनपाउने सर्वोच्च अदालतको व्याख्या र दल फुटाउन प्रोत्साहित गर्ने अपवित्र(?)गठबन्धन सरकारको अध्यादेशले दलिय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने निश्चित छ। कंग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिड्यो । यो शुभ संकेत होइन ।’
संविधानको धारा ७६(५)प्रयोग गर्दा सांसद निर्दलीय हुनपाउने सर्वोच्च अदालतको व्याख्या र दल फुटाउन प्रोत्साहित गर्ने अपवित्र(?)गठबन्धन सरकारको अध्यादेशले दलिय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने निश्चित छ।
कंग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिड्यो।
यो शुभ संकेत होइन— Kamal Thapa (@KTnepal) August 19, 2021