माधव नेपालको दल दर्ता हुनेबित्तिकै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ- प्रचण्ड-Sutra News

माधव नेपालको दल दर्ता हुनेबित्तिकै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ- प्रचण्ड

बिहिबार, ३ भाद्र २०७८

बिहिबार, ३ भाद्र २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाले ल्याएक अध्यादेशमा धेरै फरक भएको बताएका छन् ।



बिहीबार समाजवादी केन्द्रले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । पहिलाको अध्यादेश र अहिलेको अध्यादेशमा आकाश जमिनको फरक भएको उल्लेख गरे ।

उनले माधव नेपालको नयाँ पार्टी दर्ता हुनेबित्तिकै मन्त्रिपरिषद विस्तार हुने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘दर्ता भएको नयाँ पार्टीको सनाखत भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ, जति छिटो सनाखत हुन्छ उति छिटो मन्त्रिपरिषद विस्तार हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट